Logo

३० असोज, धनुषा। मधेस प्रदेशमा आजबाट नयाँ राजनीतिक अध्याय प्रारम्भ भएको छ।

जितेन्द्र सोनार ‘सोनल’ ले बिहीबार एक विशेष समारोहबीच प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेसँगै प्रदेश सरकारले औपचारिक रूपमा पूर्णता पाएको छ ।

भोजपुरीको साङ्केतिक शपथ, दुई विना विभागीय मन्त्री

मुख्यमन्त्री सोनलले प्रदेशको भाषिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै भोजपुरी भाषामा शपथ लिएका छन्। यो शपथ ग्रहण मधेशको पहिचानको दृष्टिले साङ्केतिक महत्त्वको रहेको बताइएको छ। मुख्यमन्त्री सोनलसँगै आजै दुईजना नेताले पनि मन्त्री पदको शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ । मन्त्रीको सपथ लिनेहरुमा गणेश पटेल र महेश यादव रहेका छन् ।

शपथ लिने दुवै मन्त्रीलाई हाललाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । यो प्रारम्भिक कदमले मुख्यमन्त्री सोनलले निकट भविष्यमै बाँकी दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने स्पष्ट सङ्केत दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै