Logo

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको छ। गत असोज २८ गतेबाट सुरु भए पनि आजबाट मात्रै बैठकका एजेन्डाहरूमाथि सघन छलफल हुने भएको छ।

बैठकको केन्द्रीय एजेन्डामा पार्टीको १५औं महाधिवेशनको तयारी रहेको छ। पार्टीभित्र महाधिवेशनलाई लिएर दुई फरक मत देखिएको छ । मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा एक पक्षको जोड छ । अर्को पक्ष प्राविधिक कठिनाइका कारण तोकिएको समयमा गर्न नसकिने अडानमा छ ।

जेनजी प्रदर्शन र राजनीतिक संकट

पछिल्लो जेनजी आन्दोलनपछि कांग्रेसको यो पहिलो केन्द्रीय समिति बैठक हो । यस बैठकमा देशको विकसित राजनीतिक घटनाक्रम र प्रतिनिधिसभा विघटन गरी घोषित निर्वाचनका बारेमा गहन समीक्षा हुनेछ । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालयसहित सबै क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माणको विषयमा पनि बैठकमा छलफल हुनेछ।


सम्बन्धित समाचार
भर्खरै