१ कात्तिक, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाट नजिक शुक्रबार बिहान भएको सवारी दुर्घटनामा सात वटा गाडी एकआपसमा ठोक्किँदा एक जना चालक घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार प्रारम्भिक अनुसन्धानमा एक ट्रकले यात्रुवाहक बसलाई पछाडिबाट ठक्कर दिएपछि पछिपछिका अन्य सवारी साधनहरू पनि सोही बस र ट्रकमा ठोक्किँदै दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि बसका चालक केबिनमा चेपिएको अवस्थामा फेला परेका थिए । उनीलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। घाइते चालकको अवस्थाबारे विवरण प्राप्त नभए पनि उनको अवस्था सामान्य रहेको अनुमान गरिएको छ।















