२ कात्र्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न जेनजी आन्दोलनको अवधिमा आफ्नो मोबाइल कब्जा भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।
आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ नलिँदासम्म आफूले मोबाइल हेर्न नपाएको बताए । ओलीले आफू सुरक्षाकर्मीको घेरामा रहेको र त्यस अवधिमा मोबाइल नियन्त्रणमा लिइएको जानकारी दिए ।
ओलीको यो भनाइले जेनजी आन्दोलनको समयमा देशको राजनीतिक र सुरक्षा अवस्था कति संवेदशनशील थियो भन्नेतर्फ सङ्केत गर्छ। प्रमुख राजनीतिक दलका नेताको निजी सञ्चार उपकरण नै नियन्त्रणमा लिइनुलाई असामान्य घटनाका रूपमा हेरिएको छ।
यो कदम कसको निर्देशनमा र किन लिइएको थियो भन्नेबारे ओलीले थप खुलाएका छैनन् । यसले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने देखिन्छ।
















