Logo

१५ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा भएको जघन्य हत्याकाण्डका तीन जना प्रतिवादीहरूलाई पुर्पक्षका लागि वीरगन्ज कारागार कार्यालयमा चलान गरेको छ।

गत असोज १४ गते राति करिब २३ः३० बजे, वीरगन्ज महानगरपालिका वडा नं. १०, गीता मन्दिर सडक छेउमा भएको गहवामाई मेलामा वर्ष २० का गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी हत्या गरी मारिएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा हत्यामा संलग्न रहेको आरोपमा सुरुमा ५ जनालाई र पछि थप एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। पर्सा जिल्ला अदालतमा पेश गरिएका तीमध्ये चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। प्रारम्भिक अनुसन्धानले प्रतिवादीहरू ‘खुनी दरिन्दे’ समूहसँग सम्बन्धित रहेको देखाएको छ।

वीरगन्ज कारागारमा चलान भएका प्रतिवादीहरूमा वीरगन्ज–२४, रामगढवा बस्ने वर्ष १९ का गौतम पटेल, वर्ष २० का सुभांकर चौरसिया, वर्ष २२ का अमिरी पटेल (करण प्रसाद पटेल) रहेका छन्। साथै, रामगढवा–१ का नामथर वतन परिवर्तित ३४ वर्षका एक जनालाई पनि कारागार चलान गरिएको छ।


सम्बन्धित समाचार