Logo

१६ कात्र्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ भने चाँदीको मूल्यमा सामान्य कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ थियो । शुक्रबार मात्र सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको थियो । यसअघि असोज ३१ गते सुनले हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ को रेकर्ड बनाएको थियो ।

सुनको तुलनामा चाँदीको भाउ भने आज केही घटेको छ । प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदीको भाउ ३०५५ रुपैयाँ कायम भएको छ । बजारमा सुनको लगातारको बढोत्तरी र चाँदीको सामान्य गिरावटले ग्राहकहरूलाई दुवै धातुको मूल्यमा फरक अनुभव गराएको छ।


सम्बन्धित समाचार