Logo

१६ कात्र्तिक, काठमाडौं । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा लुटिएको एउटा हतियार ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादीसँग फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ती फरार अभियुक्तलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । सीआईबीको टोलीले काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–३ बस्ने २२ वर्षीय राजा भनिने वाङ्सु लामा लाई शुक्रबार गौशालाबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठ ले जानकारी दिए ।

खाजा घर बाहिर भेटिएको हतियार

प्रहरीका अनुसार, भदौ २४ गते लुटिएको ग्यास गन र तीन वटा कार्टिज ९गोली० काठमाडौं–७ लाहुरे टोलको एउटा खाजा घर बाहिर कुर्सीमा रहेको झोलाभित्र फेला परेको थियो । हतियार भेटिएको दिन वाङ्सु भने त्यहाँ फेला परेका थिएनन् । सूचनाका आधारमा थप अनुसन्धान गर्दै सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका वाङ्सु लामा प्रहरी वृत्त बौद्धमा ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी रहेको खुलेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई गत साउन ७ गते नै पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।


सम्बन्धित समाचार