१७ कात्र्तिक, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पाँच जना एसएसपीहरूलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा भएका छन् ।
जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।
उनीहरु एक सातापहिले नै बढुवाका लागि सिफारिस भएका थिए । गत कात्तिक ९ मा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएकोमा गृहमन्त्रीले निर्णय गरि बढुवा गरेका हुन् ।
















