Logo

१७ कात्र्तिक, काठमाडौं । दोलखाको उच्च हिमाली क्षेत्र रोल्वालिङमा भीषण हिमपहिरो जाँदा कम्तीमा तीन जना पर्यटकको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

आज बिहान रोल्वालिङ क्षेत्रको ऐलुङ वेस क्याम्प आसपासको क्षेत्रमा अचानक हिमपहिरो खसेको हो । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि, मृतकहरूको पहिचान भने खुल्न सकेको छैन। आलेका अनुसार, घटनामा तीन जना विदेशी पर्यटक घाइते भएका छन् ।

हिमपहिरो गएको खबर पाउनासाथ घाइतेहरूको उद्धारका लागि तत्काल पहल गरिएको छ । दुर्गम क्षेत्र भएकाले घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर को प्रयोग गर्ने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मौसमको प्रतिकूलता र भौगोलिक विकटताका कारण उद्धार कार्यमा केही चुनौतीहरू देखिए पनि प्रशासनले घाइतेहरूको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ।


सम्बन्धित समाचार