Logo

१८ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा युवा नेताहरूले लगाएको मूल गेटको ताला अन्ततः खुलेको छ ।

पार्टीभित्रको महाधिवेशन र युवा सहभागिताको मागमा असन्तुष्टि जनाउँदै गरिएको तालाबन्दी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट तीन बुँदे ठोस प्रतिबद्धता आएपछि अन्त्य भएको हो । ताला लगाउने युवा नेता शिव रिमालका अनुसार, खड्काले पार्टीको आन्तरिक व्यवस्थापन र युवाको एजेन्डा सम्बोधन गर्न लिखित वाचा गरेपछि ताला खोलिएको हो ।

खड्काको प्रतिबद्धताअनुसार, अब नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकबाटै १५ औँ महाधिवेशनको मिति तोकिनेछ । त्यसैगरी, विगत चार वर्षभित्र भएको क्रियाशील सदस्यता नवीकरणको सम्पूर्ण प्रगति विवरण कांग्रेसको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।

सबैभन्दा महत्त्वपूर्ण मागको रूपमा रहेको ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको सुनिश्चितता का लागि केन्द्रीय समितिको विधानमा आवश्यक परिमार्जन गर्न छलफल गरी माग सम्बोधन गर्ने प्रतिबद्धता पनि खड्काले जनाएका छन् । यी प्रतिबद्धताहरू सार्वजनिक भएसँगै कांग्रेस मुख्यालयको लामो समयदेखिको गतिरोध समाप्त भएको छ।


सम्बन्धित समाचार