Logo

१८ कात्र्तिक, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा चर्चामा आएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिंसा भड्काउने प्रकृतिको अभिव्यक्ति दिएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

भुसाललाई पक्राउ गरिए पनि प्रहरीले यो घटनाको विस्तृत कारण र कुन ठाउँबाट नियन्त्रणमा लिइएको भन्नेबारेमा भने आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन । यद्यपि, उनी पछिल्लो समय जेन–जी आन्दोलन र अन्य राजनीतिक तथा सामाजिक गतिविधिमा निकै सक्रिय रहँदै आएका थिए ।

यसअघि पनि माइतीघर मण्डला लगायतका स्थानमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेको आरोपमा उनी पटकपटक पक्राउ परेका थिए । हिंसा भड्काउने अभिव्यक्तिलाई लक्षित गरी गरिएको यो पक्राउलाई प्रहरीले कानुन तथा सुव्यवस्था कायम गर्ने कदमको रूपमा व्याख्या गरेको छ ।


सम्बन्धित समाचार