Logo

१८ कात्र्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले बहुप्रतीक्षित पार्टी एकतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा बसेको आयोजक समितिको अन्तिम बैठकमा नेता नारायणकाजी श्रेष्ठले एकताको प्रस्ताव औपचारिक रूपमा पेस गरेका थिए । श्रेष्ठले पेस गरेको उक्त प्रस्तावलाई महाधिवेशन आयोजक समितिका सदस्यहरूले ताली बजाएर अनुमोदन गरेका छन्। यससँगै माओवादी केन्द्र अब बुधबार नेकपा एकीकृत समाजवादी लगायत नौ वाम दलहरूसँग एकता गर्ने प्रक्रियामा औपचारिक रूपमा अगाडि बढेको छ। प्रस्ताव पारित गर्ने क्रममा श्रेष्ठले पार्टीलाई अझ बलियो बनाउँदै ‘जेन–जी पुस्ताको भावना समेत समेटेर’ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यद्यपि, निवर्तमान उपमहासचिव जनार्दन शर्मा लगायत केही नेताहरूले यो एकता प्रक्रियामा असहमति जनाउँदै बैठकमा सहभागी नभए पनि आयोजक समितिले बहुमतका आधारमा प्रस्ताव पारित गरेको हो।


सम्बन्धित समाचार
भर्खरै