Logo

२० कात्र्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निरंकुश बन्दै गएको राज्यसत्तालाई ‘जेन–जी’ पुस्ताको बलिदानले खरानी बनाइदिएको बताएका छन् ।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले ‘नेपाललाई कहिल्यै नबिर्सने गुण’ लगाएर गएको उल्लेख गरेका छन् ।

उनले राज्यसत्ता अन्धो, बहिरो, निरंकुश र जनताविरुद्ध तानाशाही बन्दै गएको आरोप लगाउँदै, जेन–जीले आफ्नो रगत र बलिदान दिएर ‘अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाएको’ दाबी गरे । उनले काठमाडौँको सडकमा नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिरसमेत गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै