Logo

२० कात्तिक,वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन सुदृढीकरण र जनसंपर्क अभियानलाई तीव्रता दिने उद्देश्यका साथ देशभर वडास्तर, पालिकास्तर र जिल्लास्तरमा जनभेला सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैक्रममा पर्सा क्षेत्र नम्बर–१ मा आज सम्पन्न बैठकले आगामी जनभेला कार्यक्रम सफल बनाउन आवश्यक रणनीति तय गरेको छ। बैठकमा स्थानीय नेतृत्व, जनप्रतिनिधि र कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा एमालेका शीर्ष नेताहरू पूर्व प्रतिनिधि सभा सदस्य प्रभु हजरा, नेता बसरुद्दिन अन्सारी, र सुन्दर राउत कुर्मी लगायतका नेताहरू उपस्थित थिए। नेताहरूले पर्साका सबै वडा र पालिकामा संगठन विस्तार र जनसंपर्कमा सक्रिय हुन कार्यकर्तालाई आह्वान गरे।

नेताहरूले जनभेला कार्यक्रममार्फत जनताको मुद्दा, पार्टी नीति र आगामी निर्वाचनका रणनीतिहरू जनस्तरमा पु¥याउने लक्ष्य रहेको बताएका छन्। साथै बैठकले स्थानीय तहमा पार्टी संरचना सुदृढीकरण, जनसंगठन सशक्तीकरण र नेतृत्व विकासका कार्यक्रमहरू अघि बढाउने निर्णय पनि गरेको छ।

एमालेले आगामी दिनमा जनसंपर्क अभियानलाई अझ व्यापक बनाउने तयारी गरेको छ, जसअन्तर्गत प्रत्येक वडा र पालिकामा सक्रिय कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार