Logo

२६ कात्र्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र ठूलो सङ्ख्यामा विभाजन आउने र अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने अत्यन्तै बलियो दाबी गरेका छन् ।

बुधवार भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ सँग एकताको सहमति पत्रमा हस्ताक्षर गरेपछि आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष ओलीको भनाइलाई ‘हावादारी कुरा’ को संज्ञा दिँदै एमालेका धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा आउने कुरामा जोड दिए । प्रचण्डले आफूहरूको एकीकरण प्रक्रियालाई उल्लेख गर्दै, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ, केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्’ भनेर सङ्गठनात्मक आत्मविश्वास व्यक्त गरेका थिए ।

हालै कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी सहित विभिन्न राजनीतिक दल तथा समूहहरूले एकीकरण गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेका छन् । यसै क्रममा भीम रावलको प्रवेशले प्रचण्डलाई थप उत्साही बनाएको र उनले एमालेमाथि यस्तो कडा टिप्पणी गरेको देखिन्छ । यस दाबीले नेपाली राजनीति र विशेषगरी कम्युनिस्ट वृत्तमा ठूलो बहस र हलचल ल्याउने निश्चित छ ।


सम्बन्धित समाचार
भर्खरै