Logo

१ मंसिर, काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीको नाम सिफारिस भएको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले आज अधिकारीको नाम सिफारिस गरेको हो । यसअघि, कात्तिक ९ गते पाँच जना एसएसपीहरू डीआईजी बढुवाका लागि सिफारिस हुँदा उनी छुटेका थिए । जेनजी आन्दोलनका बेला उनी जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका थिए ।


सम्बन्धित समाचार