Logo

२ मंसिर,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको अनुगमनमा गोश्वारा रोडस्थित रिमझिम गहना पसलमा अनुमति विना इन्टरनेटसम्बन्धी व्यवसाय सञ्चालन गरेको पाइएको छ। सो व्यवसायीलाई नियमअनुसार १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयको संयुक्त टोलीले नियमित अनुगमनका क्रममा गहना पसलमा इन्टरनेट सेवा व्यवसाय सञ्चालन भएको प्रमाण फेला पारेको थियो। अनुगमनपछि व्यवसायले आवश्यक अनुमति नलिएको पुष्टि भएपछि प्रशासनले कारबाही गरेको हो।

आन्तरिक राजश्व कार्यालय वीरगन्जका अधिकृत कमल मैनालीले बताएअनुसार, “पसल सञ्चालकले व्यावसायिक अनुमति लिनु अनिवार्य छ। तत्काल १५ हजार रुपैयाँ जरिवाना बुझाउन पत्र दिइएको छ। सबै व्यवसायीलाई कानुनअनुसार दर्ता, कर र अनुमति प्रक्रिया पूरा गर्न आग्रह गरिन्छ। बिना अनुमति सञ्चालन हुने गतिविधिसमेत कडाइका साथ कारबाही गरिनेछ।”

प्रशासनले पछिल्लो समय साइबर सुरक्षा, अनलाइन कारोबार र इन्टरनेट सेवा प्रदायक व्यवसायमा अनियमितता बढेको भन्दै निगरानी र नियमित अनुगमनलाई तीव्रता दिएको छ।


सम्बन्धित समाचार