Logo

८ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा मंगलबार एकैदिन अप्रत्याशित रूपमा ठूलो उछाल आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ ले बढेर कारोबार भएको छ । यस वृद्धिसँगै ९ मंसिरका लागि छापावाल सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

केही दिन ओरालो लागेको सुनको मूल्यले फेरि तीव्र गतिमा उकालो लाग्न थालेको छ । यो मूल्य वृद्धि सुनको ऐतिहासिक उच्च रेकर्डतर्फ उन्मुख देखिएको छ। यसअघि गत असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च बिन्दु प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो ।

सुनसँगै चाँदीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ । मंगलबार चाँदीको भाउ तोलामा ८५ रुपैयाँ ले बढेर प्रतितोला ३२०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ३११५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको हकमा पनि असोज ३१ गते नै हालसम्मकै उच्च मूल्य ३३५० रुपैयाँमा पुगेको रेकर्ड छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र डलरको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा यसरी एक्कासि सुन र चाँदीको भाउ बढेको अनुमान गरिएको छ ।


सम्बन्धित समाचार