Logo

१० मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशको विकासका लागि युवाहरूलाई सिंहदरबारको कार्यशैली सुधार्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै मन्त्री पुनले सिंहदरबार घेराउ गरेर मात्र देश विकास सम्भव नहुने यथार्थ युवा पुस्ताले बुझ्न जरुरी रहेको औंल्याएका छन् । उनले अहिलेको र भावी पुस्ताको उज्ज्वल भविष्य सुनिश्चित गर्ने एउटै मात्र बाटो भनेको आगामी फागुन २१ गते हुने आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर पुरानो पुस्ताका नेताहरूलाई बिदा गर्नु रहेको स्पष्ट पारेका छन् ।

मन्त्री पुनले मुलुकको संयन्त्र बुढा नेताहरूले लोभीपापी र स्वार्थी समूहहरूबाट घेरिएर बरबाद गरिरहेको आरोप लगाउँदै देशको संरचनागत सुधारका लागि युवा शक्तिलाई सक्रिय हुन आह्वान गरेका छन्।


सम्बन्धित समाचार