Logo

११ मंसिर,काठमाडौं । समाजसेवी मुस्कान खातुन र जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम आज राष्ट्रिय सभागृहमा आयोजित भएको थियो।

उनीहरूलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले स्वागत गरेका थिए। साथै, पार्टीले मुस्कान खातुनलाई केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेको छ। सहसंयोजक माधव कुमार नेपालले यस निर्णयको जानकारी गराएका छन्।

वीरगञ्ज निवासी मुस्कान खातुन ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन्। उपचारपछि निको भई सामाजिक क्षेत्रमा सक्रिय उनले अमेरिकाबाट अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्राप्त गरेकी छिन्।

राष्ट्रिय सभागृहको कार्यक्रममा अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित अन्य नेकपा टिम पनि सहभागी भएका थिए।


सम्बन्धित समाचार