Logo

११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका शीर्ष नेतृत्व उमेरका हिसाबले जीवनको उत्तरार्धतिर रहेको स्वीकार गर्दै राष्ट्रप्रतिको जिम्मेवारी बहनमा आफूहरू कुनै पनि जेनजी युवाभन्दा कम नभएको जिकिर गरेका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले भने, ‘उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं । तर राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं।’

प्रचण्डले आफूहरू अन्तिम अवस्थासम्म राष्ट्रको अभिभावकीय भूमिका पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै जेनजी युवाहरूको असली अभिभावक बन्न चाहेको र उनीहरूको तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्ने इच्छा व्यक्त गरेका छन् । उनले आफूलाई पदमा लिप्त भएर बसिरहन खोजेको रूपमा नबुझ्न पनि आग्रह गरे।

‘हामीलाई सक्रिय राजनीति बनिराख्ने वातावरण बन्यो भने हामीलाई पद ठूलो होइन,’ उनले स्पष्ट पारे। यसरी, प्रचण्डले आफ्नो पुस्ताले राष्ट्रको जिम्मेवारी बोकेको र युवा पुस्तालाई समेटेर समाजवादी यात्रा पूरा गर्ने दृढता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार