११ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका शीर्ष नेताबीच बालुवाटारमा अहिले महत्वपूर्ण राजनीतिक छलफल जारी छ।
छलफलमा एमालेतर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी भएका छन्।सरकारतर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक समन्वय र संवादलाई तीव्र बनाउन विभिन्न दलका शीर्ष नेताहरूसँग निरन्तर भेटघाट तथा छलफल अघि बढाउने तयारी गरेकी छिन्। स्रोतका अनुसार, उनले अन्य दलका नेताहरूसँग पनि क्रमशः भेटवार्ता गर्नेछिन्।

















