Logo

१७ मंसिर, काठमाडौं । नेपालका राजनीतिक दलहरूले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउने समयमा ठूला दलहरूको उदासिनता देखिएको छ।

निर्वाचन आयोगमा अद्यावधिक रहेका कुल १२२ दलमध्ये हालसम्म जम्मा ३३ वटा दलले मात्रै आफ्नो आय–व्ययको विवरण बुझाएका छन् । यसअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका मुख्य र ठूला गरी ८९ वटा दलले अझै पनि लेखा परीक्षण प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्था छ । राजनीतिक दल सम्बन्धी ऐनको दफा ४१ अनुसार, दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखा परीक्षण गराई त्यसको एक महिनाभित्र आयोगमा पेस गर्नु पर्ने प्रावधान छ, जसले गर्दा दलहरूले आगामी माघ मसान्तसम्ममा यो विवरण बुझाई सक्नुपर्नेछ ।

यद्यपि दलहरू मिल्ने र नयाँ दल गठन भएको भए पनि मिल्नुअघिको अवस्थामा रहेका सबै दलले आफ्नो आय(व्यय विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तोकिएको समयभित्र विवरण नबुझाउने दलहरूको नाम आयोगले सार्वजनिक गर्नेछ र स्पष्टीकरण सोध्ने अधिकार पनि राख्दछ। विवरण बुझाउने ३३ दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), नेपाल परिवार दल, लगायतका साना तथा मझौला दलहरू रहेका छन् ।

आय–व्यय विवरण बुझाएका दलहरूले भने आयोगमा पेस गरेको मितिले एक महिनाभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिसक्नुपर्ने हुन्छ, जसले गर्दा दलहरूको आर्थिक पारदर्शितामाथि सर्वसाधारणको निगरानी कायम रहनेछ।


सम्बन्धित समाचार