१८ मंसिर, काठमाडौं । आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको २६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज गरेको छ ।
घोषणासँगै नेपाली टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ, जसपश्चात् अन्तिम टोलीको चयन हुनेछ । आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने यस ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुँदैछन् ।
यस प्रतियोगिताबाट शीर्ष चार राष्ट्रहरू सन् २०२६ मा इङल्याण्डमा हुने महिला टि–२० विश्वकपका लागि छनोट हुनेछन् । नेपाल समूह ‘बी’ मा बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनीसँगै प्रतिस्पर्धा गर्दैछ । प्रारम्भिक टोलीमा इन्दु बर्मा, रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर लगायतका महत्त्वपूर्ण खेलाडीहरू समावेश छन्, जसलाई शीर्ष चारमा स्थान बनाएर विश्वकपको यात्रा सुरक्षित गर्ने ठूलो चुनौती रहेको छ ।

















