Logo

२१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले आफ्नो पहिलो गृहजिल्ला भ्रमणमा नै विरोधको सामना गर्नुपरेको छ ।

उनी काठमाडौंबाट नेपाल एयरलाइन्सको विमान चढेर सदरमुकाम खलंगा विमानस्थल ओर्लिएपछि रुकुम पश्चिमका कार्यकर्ताहरूले उनलाई कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा सडक किनारमा उभिएका युवाहरूले शर्मा सवार गाडीलाई लक्षित गर्दै कालो झण्डा देखाएपछि केही समयका लागि स्थिति तनावपूर्ण बनेको थियो ।

कुनै पनि अप्रिय घटना हुन नदिनका लागि स्थानीय प्रशासनले विमानस्थल क्षेत्र तथा बाटोमा ठूलो संख्यामा सुरक्षाकर्मीको तैनाथी बढाएको बताइएको छ । नयाँ पार्टी गठन गरेपछिको यो पहिलो गृहजिल्ला भ्रमण शर्माका लागि सुखद रहन सकेन ।


सम्बन्धित समाचार