Logo

२४ मंसिर,काठमाडौं ।  प्रहरीले नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई बहुविवाहको आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत डीएसपी मधु नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टका अनुसार नेपाल पक्राउ पर्ने घटनामा उनका पूर्वपत्नीको जाहेरी निर्णायक आधार बनेको छ।

नेपाललाई प्रहरीले थुनामा राखेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ। उनीसँग जेठी पत्नीबाट एक छोरी र कान्छी पत्नीबाट दुई छोरी रहेका छन्।

नेपाल पक्राउ परेसँगै उनलाई निलम्बन गर्ने प्रक्रिया पनि सुरु गरिएको छ।


सम्बन्धित समाचार