Logo

१६ चैत, वीरगञ्ज । वीरगञ्जमा आजदेखि ‘कोमाकी’ कम्पनीको सोरुम संचालनमा आएको छ । वीरगंज उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अनिलकुमार अग्रवालले सोरुमको उद्धघाटन गरेसँगै संचालनमा आएको हो ।

विद्युतीय सवारी साधनप्रति बढ्दै गएको ग्राहकको आकर्षणलाई ध्यानमा राख्दै वीरगञ्जमा ‘कोमाकी’ कम्पनीको मोटरसाइकल र स्कुटरको ‘शोरुम’ सञ्चालनमा आएको हो ।

वीरगञ्ज–१६ नगवास्थित बाईपास रोडमा नेपाली बजारमा पाइने विभिन्न कम्पनीका मोटरसाइकल र स्कुटरमध्ये कोमाकी कम्पनीको शोरुम सञ्चालनमा ल्याईएको हो ।

आज उदघाटनको दिन २० वटा विद्युतिय स्कुटर बिक्री भएको शोरुमका सञ्चालक कृष्ण कुमार अग्रवालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार