१५ जेठ,काठमाडौं । सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय सुरु गर्ने मात्र नभई बन्द गर्ने प्रक्रियालाई समेत सहज बनाउने नीति लिएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त र सरल बनाइने घोषणा गरेका हुन्।
हाल कम्पनी बन्द गर्न वर्षौं लाग्ने तथा विभिन्न कानुनी जटिलता झेल्नुपर्ने अवस्थाका कारण उद्यमी तथा व्यवसायीले समस्या भोग्दै आएका छन्। सरकारले नयाँ बजेटमार्फत यस्तो प्रक्रियालाई सरलीकरण गर्दै लगानीकर्तामैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
सरकारको यो कदमले व्यवसाय सञ्चालनमा सहजता ल्याउनुका साथै लगानीकर्ताको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।




















