Logo

१३ माघ, काठमाडौं । अहिले देश निर्वाचनमय बनेको छ । निर्वाचनको पूर्वसन्ध्यामा विशेषगरी सबैको ध्यान झापा केन्द्रित भएको छ ।

किनकी झापामा युवापुस्ताले अत्याधिक रुचाइएका बालेन शाह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भिडन्त रोमान्चक हुने देखिएको छ । उता झापाको चर्चा भैरहँदा यता चितवनमा दुई क्षमतावान महिला नेतृको चर्चाले शिखर चुलिएको छ । पछिल्लो समय चम्किला ताराका रूपमा उदय भएका नाम रेणु दाहाल र सोबिता गौतमको हो ।

यी दुवै योङ्ग नेतृहरूले नेपाली राजनीतिमा आफ्नो बलियो उपस्थिति मात्र जनाएका छैनन्, उनीहरु अहिले आम महिला र युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् । तर, जब आगामी निर्वाचनको सन्दर्भमा उत्कृष्टको खोजी गरिन्छ, तब चर्चाको केन्द्रमा आवाज मात्र होइन, अवस्था बदल्ने नेतृत्वको खोजी हुन थाल्छ ।

सोबिता गौतम नेपाली राजनीतिका लागि एउटा साहसपूर्ण नाम हो । अघिल्लो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएकी उनी यो पटक चितवन–२ मा झरेकी छन् । उनीसँग देशको कानुनी परिपाटी बुझेको प्रखर दिमाग र संसद्मा बेथिति विरुद्ध बोल्न सक्ने निडर स्वर छ । नयाँ पुस्ताले उनीभित्र एउटा वैकल्पिक र सफा राजनीतिको सपना देख्नु स्वभाविक हो । उनको आँट र साहसलाई सम्मान नगर्ने सायदै कोही होलान् । तर, देश केवल सपनाले मात्र चल्दैन, देश चल्नका लागि जमिनमा नतिजा देखिनु अनिवार्य छ ।

हामीले दुवै नेतृलाई अवसर दिनुपर्छ । तर, अहिलेको यो चुनौतीपूर्ण घडीमा जब देशले भौतिक पूर्वाधार र आर्थिक समृद्धिको ठोस बाटो खोजिरहेको छ, तब ‘गरेर देखाउने’ रेणु दाहालको विकल्प अन्य कोही हुन सक्दैन । भावना र क्रेज एउटा ठाउँमा होला, तर देश निर्माणको महाअभियानमा रेणु दाहाल ‘इज वेष्ट’ । त्यसैले, स्पष्ट भिजन र प्रमाणित कार्यक्षमताका कारण हाम्रो देशको भविष्यका लागि आज रेणु दाहालको विकल्प छैन ।

यहाँ रेणु दाहाल अन्य पात्रहरूभन्दा भिन्न र विशिष्ट देखिन्छिन् । रेणुलाई केवल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुपुत्रीका रूपमा मात्रै हेर्नु उनीमाथिको अन्याय हुनेछ । उनले दुई कार्यकाल भरतपुर महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा आफूलाई कुशल प्रशासक र विकासप्रेमी नेताका रूपमा प्रमाणित गरिसकेकी छिन् । भरतपुरका चौडा सडक, व्यवस्थित ढल निकास र राष्ट्रिय गौरवका आयोजनाहरूमा उनले देखाएको तदारुकता नै उनको राजनीतिको वास्तविक पुँजी हो ।

आजको नेपाललाई चर्का भाषण गरेर ‘क्रेज’ बढाउने नेताभन्दा पनि धुलो र हिलोमा उत्रिएर विकासको रेखा कोर्ने प्रतिनिधि चाहिएको छ । सोबितासँग भोलिको ‘सम्भावना’ छ, तर रेणुसँग आजको ‘नतिजा’ छ । जब हामी यी दुई बीचको तुलना गर्छौँ, तब कर्म र परिणामको कसीमा रेणु दाहाल धेरै अगाडि देखिन्छिन् । उनले देखाएको विकासको मोडल केवल एउटा शहरका लागि मात्र होइन, सिंगो देशका लागि एउटा पाठ बनेको छ ।

अन्त्यमा, हामीले दुवै नेतृलाई अवसर दिनुपर्छ । तर, अहिलेको यो चुनौतीपूर्ण घडीमा जब देशले भौतिक पूर्वाधार र आर्थिक समृद्धिको ठोस बाटो खोजिरहेको छ, तब ‘गरेर देखाउने’ रेणु दाहालको विकल्प अन्य कोही हुन सक्दैन । भावना र क्रेज एउटा ठाउँमा होला, तर देश निर्माणको महाअभियानमा रेणु दाहाल ‘इज वेष्ट’ । त्यसैले, स्पष्ट भिजन र प्रमाणित कार्यक्षमताका कारण हाम्रो देशको भविष्यका लागि आज रेणु दाहालको विकल्प छैन ।


सम्बन्धित समाचार