Logo

१४ माघ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले बुधबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

एकैदिन ९ हजार ५०० रुपैयाँको यो भारी वृद्धि हुनुमा विश्व बजारको प्रत्यक्ष प्रभाव देखिएको छ । ट्रेडिङ इकोनोमिक्सका अनुसार पछिल्लो १० दिनदेखि विश्व बजारमा अमेरिकी डलर निरन्तर कमजोर हुनु र डलर सूचकांक ९७ मा ओर्लिनुले लगानीकर्ताहरू डलर छाडेर सुनतर्फ आकर्षित भएका छन् । जसका कारण जनवरी १६ मा प्रतिऔंस ४ हजार ४४८ डलर रहेको सुनको अन्तर्राष्ट्रिय मूल्य केवल १० दिनमै ५ हजार ७७ डलर पुगेको छ ।

विश्वव्यापी रूपमा सुनको भाउ बढ्नुमा भू–राजनीतिक तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अस्थिर निर्णयहरू प्रमुख कारक मानिएका छन् । ट्रम्पले क्यानडा र चीनबीचको व्यापारिक सम्बन्धलाई लिएर १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय बजारमा थप हलचल मच्चिएको हो ।

विश्वव्यापी रूपमा सुनको भाउ बढ्नुमा भू–राजनीतिक तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अस्थिर निर्णयहरू प्रमुख कारक मानिएका छन् । विशेषगरी चीन, पोल्यान्ड, भारत र टर्की जस्ता देशहरूले आक्रामक रूपमा सुनको भण्डारण बढाइरहेका छन् । 

यस्तो अस्थिरताका बीच विश्वका केन्द्रीय बैंकहरूले सुनलाई सुरक्षित लगानीका रूपमा थुपार्न सुरु गरेका छन् । सन् २०२४ मा मात्रै १ हजार मेट्रिक टन सुन थुपारेका विश्वका केन्द्रीय बैंकहरूले २०२५ मा त्योभन्दा बढी मात्रा जोहो गर्ने लक्ष्य राखेका छन् । विशेषगरी चीन, पोल्यान्ड, भारत र टर्की जस्ता देशहरूले आक्रामक रूपमा सुनको भण्डारण बढाइरहेका छन् ।

नेपाली बजारमा सुनको भाउ चुलिए पनि कारोबार भने ठप्प जस्तै छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार मूल्य अत्यधिक बढेका कारण बजारमा गरगहनाको माग शून्य छ । माग नभएकै कारण व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्न छाडेका छन् । एकातिर प्रविधि र क्रिप्टो कम्पनीहरू (जस्तै टेथरले ३ महिनामा २७ मेट्रिक टन सुन किनेको) सुन थुपार्ने दौडमा छन् भने अर्कोतिर सर्वसाधारणको पहुँचबाट सुन बिस्तारै बाहिरिँदै गएको देखिन्छ ।


सम्बन्धित समाचार