Logo

२५ चैत,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा अहिलेसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरुमा सबैभन्दा कमजोर बनेको बताउनु भयो । उहाँले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

उहाँले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवद्र्धन झनै सहज हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 


सम्बन्धित समाचार