Logo

२२ माघ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समयकै उच्च गिरावट देखिँदै सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । मूल्यमा आएको यो अस्वाभाविक गिरावटका कारण बजारमा विशेष चर्चा सुरु भएको छ ।

चाँदीको मूल्यमा पनि सुनकै पदचाप पछ्याउँदै उच्च कमी देखिएको छ । हिजो प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा झरेको छ । महासंघले आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँ निर्धारण गरेको छ । मूल्यमा आएको यो उतारचढावले उपभोक्ता र व्यवसायी दुवैलाई प्रभावित तुल्याएको छ ।


सम्बन्धित समाचार
भर्खरै