Logo

२२ माघ, काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सवार गाडीको ठक्करबाट एक ६ वर्षीय नाबालकको दुखद मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रास्वपा उम्मेदवार सगिर आलम चढेको बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालकलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै गम्भीर घाइते भएका बालकको ज्यान गए पनि उम्मेदवार आलम र सवारी चालक भने सहयोग गर्नुको साटो घटनास्थलबाटै फरार भएका छन् । चुनावी अभियानका क्रममा भएको यस हृदयविदारक घटनाले स्थानीय क्षेत्रमा तनाव र आक्रोश पैदा गरेको छ ।

घटनापछि रौतहट प्रहरीले ठक्कर दिने सवारी साधनलाई तत्काल आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार दुर्घटना गराएर फरार रहेका उम्मेदवार आलम र चालकको खोजी कार्यलाई तीव्रता दिइएको छ । मानवीय संवेदनशीलता समेत ख्याल नगरी दुर्घटनापछि फरार भएको भन्दै स्थानीयले दोषीलाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया बमोजिम कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाएको छ ।


सम्बन्धित समाचार