Logo

२६ चैत्र, बारा । बाराको सिमरामा मानसिक शान्ति एवं खुसियाली जीवनका लागि राजयोग मेडीटेशन प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम ४ दिनसम्म चल्ने छ ।

सहभागिहरुलाई वरिष्ठ राजयोग प्रक्षिक ब्रह्माकुमार राजु घलेले प्रशिक्षण दिईरहनुभएको छ । मानसिक शान्ति एवं खुशियाली जीवनका लागी राजयोग मेडीटेशनको आवश्यक्ताको बिषयमा बरिष्ठ प्रशिक्षक राजु घलेले प्रष्ट पार्नुभएको थियो ।

मानिसको मनमा आउँने अनेकौँ किसिमको नकरात्मक बिचार र दैनिक जीवनमा आईपर्ने तनावलाई कसरी ब्यवस्थापन गर्ने लगायतको बिषयमा प्रशिक्षण दिनुभएको ब्रहमकुमार सन्तोष भाईजीले जानकारी दिनुभयो । बरिष्ठ प्रशिक्षक घलेले राजयोग मेडिटेसनले जीवनलाई मानसिक शान्ति प्रदान गर्ने बताउँनुभयो ।

ईश्वरीय बिश्वबिद्यालय कुनै छुटै धर्म नभई अध्यात्मिक शिक्षा दिने विधालय भएको जानकारी दिनुभयो । ईश्वरीय बिश्वबिद्यालयबाट प्राप्त हुने ज्ञानले मानिसको जीवनलाई उपयोगी बनाउँन अति आवश्यक रहेको तर्क गर्नुभयो । ब्रहमकुमारी राजयोग केन्द्र सिमराले कार्य ब्यस्ततालाई ध्यानमा राख्दै प्रशिक्षणकोलागि बिहान र बेलुका दुई।दु्ई घण्टाको कक्षा राखेको छ ।

ब्रहमकुमारी राजयोग केन्द्र सिमराको प्रमुख मधु दिदीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो । कार्यक्रममा करिब २ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन प्रमेश्वर भाईजीले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार