Logo

२३ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको झडपमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरपालिका–१३ का स्थायी बासिन्दा केपीचन्द राउत रहेको पर्सा प्रहरीले पुष्टि गरेको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार विवाद राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि सुरु भएको थियो। विवाद चर्किँदा धकेलाधकेलको अवस्था सिर्जना भयो, जसमा राउत गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि उनी उपचारकै क्रममा मृत्यु भएका हुन्।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२३, प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोज्दा झगडा सुरु भएको थियो। घटनामा संलग्न यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको जनाएको छ।


सम्बन्धित समाचार