२३ माघ,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिकै एक अज्ञात पुरुषको शव फेला परेको छ।
कृषि अनुसन्धान कार्यालय पछाडितर्फ रहेको खोलाको नजिक आज बिहान शव देखिएको स्थानीयले बताएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। हालसम्म शवको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया ल्याउने तयारी भइरहेको छ। प्रारम्भिक अनुसन्धान जारी रहेको र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
















