२४ माघ,चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल चितवन मेडिकल कलेज पुर्याइएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
















