२४ माघ,काठमाडौं । बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंगलोरबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय (एडीसीओ)को टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ।
जाजरकोटकी एक युवतीले ठगुन्नाविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएकी थिइन्। पीडित युवती न्यायको माग गर्दै गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा अनशनरत थिइन्।
ठगुन्नाविरुद्ध जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको थियो। फरार अवस्थामा रहेका उनलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पूर्वप्रहरी ठगुन्ना कार्यालयमा हाजिर नभएको कारण कोशी प्रदेश प्रहरी कार्यालयले गत कात्तिकमा सेवाबाट हटाएको थियो।
















