Logo

२९ माघ,काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारूढ दल र विपक्षी सांसदबीच कडा झगडा र कुटाकुट भएको छ। विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै विपक्षी सांसदहरूले संसद्‌मा शपथ ग्रहण अवरुद्ध गर्ने प्रयास गरेका थिए।

यसै क्रममा तनाव तीव्र बन्दै सांसदहरूले एक अर्कालाई धकेल्न थाले। केही सांसदहरूले मुक्का प्रहारसमेत गरेका थिए। विवादको केन्द्रमा इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेक थिए, जसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका थिए।

गुरलेकले सीएचपी (रिपब्लिकन पिपल्स पार्टी) का विपक्षी सांसदहरूमाथि लामो समयदेखि मुद्दा चलाउँदै आएका छन्। विपक्षी दलले ती मुद्दालाई राजनीतिक प्रेरित भन्दै आलोचना गर्दै आएका थिए। अन्ततः सत्तारूढ दलका सांसदहरूले गुरलेकलाई घेरेर शपथ गराएको थियो।

त्यसै समयमा एर्दोगानले पूर्वी प्रान्त एर्जुरुम का गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन्। हालैको मन्त्रिपरिषद् फेरबदलको कुनै आधिकारिक कारण सार्वजनिक गरिएको छैन, तर सरकारी राजपत्रमा मन्त्रीहरूले जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरेको उल्लेख गरिएको छ।

सत्ताले न्यायपालिका स्वतन्त्र रूपमा काम गर्ने भन्दै आएको छ। यस नियुक्ति टर्कीमा सम्भावित संवैधानिक सुधारको बहससँग मेल खाने किसिमको ठहर गरिएको छ।

यसबीच, सीएचपी नेतृत्वको नगरपालिकाका सयौँ अधिकारीहरूलाई भ्रष्टाचार अनुसन्धानमा पक्राउ गरिएको थियो। तीमध्ये इस्तानबुलका मेयर एकरेम इमामोग्लु, जो एर्दोगानका मुख्य प्रतिद्वन्द्वी हुन्, पनि रहेका छन्। इमामोग्लुलाई गत वर्ष पक्राउ गरिएको थियो।

टर्की सरकारले दशकोंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न मिलिटेन्ट कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग शान्ति पहल अघि बढाउने प्रयास गरिरहेको छ। यसै सन्दर्भमा वर्तमान नियुक्ति र राजनीतिक गतिवधिले देशमा बढ्दो संवेदनशील राजनीतिक परिस्थिति उजागर गरेको छ।


सम्बन्धित समाचार