Logo

२९ चैत,वीरगञ्ज । प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा उपचार गराउन आएका एक विरामीको मृत्यु भएको छ।
बुधबार दिउँसो सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो।

आगो दिउँसो करिब २ बजेको समयमा भएको स्थानीय पत्रकार मुकेश श्वामीले बताए। विद्युत सर्ट भएर आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो । सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको छ। बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको छ।


सम्बन्धित समाचार
भर्खरै