Logo

३० चैत,वीरगञ्ज । नेपाली काँग्रेस बाराका सभापति राजेशराय यादवले बारा २ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । उहाँले जसपा अध्यक्ष समेत रहनुभएका यादव गठबन्धनका साझा उम्मेदवार भएकाले उहाँलाई जिताउने विषय कांग्रेसको प्रतिष्ठासँग पनि जोडिएको बताउनुभयो ।

बारा २ मा चुनावी प्रचार प्रसारमा व्यस्त रहेका कांग्रेस जिल्ला सभापति यादवले सन्चारकर्मीसँग कुरा गर्दै उहाँले बारा २ मा उपेन्द्र यादवलाई जिताउन जिल्लाकै सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरु दिनरात खटिइरहेको जानकारी दिनुभयो ।

मधेसको हक अधिकार र पहिचान दिलाउन सफल राष्ट्रिय नेता यादव स्वंय अहिले बारा २ मा चुनाव लडिरहेकाले यो बाराका समग्र कांग्रेसीका लागि पनि गौरव र शानको विषय भएको कांग्रेस जिल्ला सभापति यादवको भनाई छ ।

उहाँले हाल बारा कांग्रेसमा कुनैपनि मतभेद र विवाद पनि नभएकाले जिल्लाको पुरै पार्टीपङक्ती एकढिक्का भएर उपेन्द्र यादवलाई जिताउन लागि परेको बताउनुभयो ।


सम्बन्धित समाचार