Logo

३० चैत,वीरगञ्ज । उपचारबापतको खर्च तिर्न नसकेर जनकपुरधामको न्यूरो अस्पतालमा बन्धक बनेकी धनुषा सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्कनु भएको छ। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो ।

नगरपालिकाका मेयर कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई बुधवार हिजो घर फर्काइएको बताउनुभयो । नगरका मेयर यादवले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बाँकी रकम सहयोगी दाताबाट सङ्कलन गरी चुक्ता गर्ने सर्तमा मन्तोरियालाई बन्धनमुक्त गराइएको उहाँले बताउनुभयो ।

सोमवार नगरका मेयर यादव र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरणकुमार मिश्र अस्पताल पुगेर मन्तोरियाको अवस्थाबारे जानकारी लिनुभएको थियो । कार्यपालिकाको बैठकबाट उहाँलाई उपचार खर्च उपलब्ध गराउने र बन्धकमुक्त गराउन पहल गर्ने निर्णय गरेको थियो ।

गएको माघ १२ गते मन्तोरियालाई मोटरसाइकलले ठक्कर दिएपछि जनकपुरधाममा रहेको न्यूरो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गएको फागुन २० गते उहाँलाई डिस्चार्ज गरे पनि उपचार खर्न तिर्न सक्दा घर फर्किन सक्नु भएको थिएन । अस्पतालमा उपचारबापत आठ लाख ७४ हजार रुपैयाँ तिर्न बाँकी थियो ।पैसा तिर्न नसकेपछि तीन छोराछोरी र वृद्ध ससुरासहित मन्तोरिया ३८ दिन बन्धक बन्नुभएको थियो ।


सम्बन्धित समाचार