Logo

१२ फाल्गुण, काठमाडौं । पेरुको दक्षिणी क्षेत्रमा बाढीपीडितको उद्धारमा खटिएको वायुसेनाको हेलिकप्टर दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका छन् ।

आरिक्विपा क्षेत्रको काराभेली प्रान्तमा सोमबार भएको यस हृदयविदारक दुर्घटनामा परी ४ चालक दलका सदस्य र ११ जना यात्रीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । मृतकहरूमध्ये ७ जना अबोध बालबालिका रहेका छन्, जसमा सबैभन्दा कान्छो बालक मात्र ३ वर्षका थिए। उद्धार र राहत सामग्री लिएर उडेको एमआई–१७ हेलिकप्टर दुर्गम पहाडी क्षेत्र चाला भिएजोमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

भीषण वर्षा र पहिरोबाट प्रभावित नागरिकका लागि सहयोग पुर्‍याउन जाँदै गर्दा भएको यो दुर्घटनाले पेरुको प्राकृतिक विपदमा अर्को ठूलो पीडा थपेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार सो क्षेत्रको खराब मौसम र निरन्तरको वर्षा नै दुर्घटनाको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ। पेरुभियन वायुसेनाले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउने सैनिक र नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । घटनाको विस्तृत छानबिनका लागि उच्चस्तरीय टोली गठन गरी काम सुरु गरिएको वायुसेनाले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै