प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फागुन, काठमाडौँ । चुनावको मुखैमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन् ।

उनी हिजो राति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सिंगापुर प्रस्थान गरेको त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थल प्रहरी स्रोतले पुष्टि गरेको छ ।

देउवा स्वस्थ्योपचारका लागि सिंगापुर गएका हुन् । पत्नी डाक्टर आरजु राणा देउवा भने तीन दिन अघि नै सिंगापुर गइसकेको स्रोतले बताएको छ ।

विशेष महाधिवेशनमार्फत कांग्रेस गगन थापाको नेतृत्वमा गएपछि देउवा अलमलमा थिए। गृहजिल्ला डडेल्धुराका कांग्रेस समर्थकहरुले देउवा मतदान गर्न भए पनि आउने अपेक्षा गरे पनि अब त्यो सम्भावना समेत सकिएको छ ।

सभापति थापाले टिकट नदिएपछि निर्वाचनका सबै प्रक्रियाबाट बाहिर रहेका देउवा पार्टीको आधिकारिकतासम्बन्धि विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप अन्योलमा फसेको निकस्थ नेताहरु बताउने गरेका थिए ।

यद्यपि सभापति थापा पक्षका नेताहरुले भने देउवाको सहयोग माग्न हरसम्भव प्रयास गरेका थिए । डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक विजयी भएका देउवा यसपटक भने चुनावमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले भने सभापति सिंगापुर गएकोबारे आफूहरु जानकार नरहेको प्रतिक्रिया दिए ।

जेनजी आन्दोलनपछि कत्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पत्ति १८ दिनपछि स्वदेश फर्किएका थिए ।


सम्बन्धित समाचार
भर्खरै