प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको म्याद पटक-पटक थप गरिएकोप्रति कडा आपत्ति जनाउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आयोगको प्रतिवेदन समयमै आउनुपर्नेमा जोड दिँदै सरकारले गरिरहेको ढिलासुस्तीप्रति प्रश्न उठाउनुभयो । एक वा दुई पटकसम्म प्राविधिक कारणले समय थपिनुलाई स्वभाविक मान्न सकिए पनि तेस्रो पटक म्याद थप्नु र प्रतिवेदनलाई निर्वाचनपछिको विषय बनाउनु सरासर गलत भएको उहाँको तर्क थियो  ।

संयोजक प्रचण्डले आन्दोलनका दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा सरकारले समय सारेर न्याय प्रक्रियालाई नै अल्झाउन खोजेको आरोप लगाउनुभयो । प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेर चुनावपछि धकेल्ने कुरा विल्कुलै सही नभएको उल्लेख गर्दै उहाँले सरकारको यस्तो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँका अनुसार न्यायपूर्ण छानबिन र कारबाहीको प्रक्रियालाई निर्वाचनको बहानामा पर सार्नुले सरकारको नियतमाथि समेत शंका उत्पन्न गराएको छ ।


सम्बन्धित समाचार