प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

 १६ फागुन,काठमाडौं ।  इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि ठूलो आक्रमण सुरु गरेका छन्। इजरायलले इरानी राष्ट्रपति भवन र गुप्तचर निकायको मुख्यालयलाई निशाना बनाएको छ भने आक्रमणमा इरानका अन्य महत्त्वपूर्ण सरकारी भवनहरूमा क्षति पुगेको रिपोर्ट गरिएको छ।

रिपोर्टअनुसार, इरानका सर्वोच्च नेता अली खामेनी हाल तेहरानमा छैनन् र सुरक्षित स्थानमा सारिएको छ। आक्रमणपछि राजधानी तेहरानका विभिन्न स्थानहरूबाट धुवाँ निस्किरहेको देखिएको छ। इजरायलले यस अपरेशनलाई “शील्ड अफ जुडा” नाम दिएको छ।

अमेरिकाले पनि इरानमा आफ्ना आक्रमण जारी राखेको छ। रिपोर्टले इरानी शहर कोममाथि समेत आक्रमण भएको संकेत दिएका छन्।

सुरक्षाका कारण इजरायलले आफ्ना शहरहरूमा सतर्कता घोषणा गर्दै सबैलाई घरभित्रै बस्न आदेश दिएको छ। विद्यालयहरू बन्द गरिएका छन् र देशभरि अलर्ट साइरन बजाइएका छन्।

इरानमाथिको आक्रमणसँगै इराकलाई पनि सतर्कतामा राखिएको छ र हवाई क्षेत्र बन्द गरिएको छ।


सम्बन्धित समाचार