प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ फागुन,काठमाडौं । इरान ले आबुधावी को अल-दाफ्रामा रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि नेपाली दूतावास आबुधावी ले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले ट्राभल एडभाइजरी जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, सावधानी अपनाउन तथा यूएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन र सूचनाहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

जारी सूचनामा भनिएको छ, “मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन तथा यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशहरूको पालना गर्न अनुरोध गरिन्छ।”

आपतकालीन सुझाव, सल्लाह तथा सहयोगका लागि नेपालीहरूले आबुधावीस्थित नेपाली दूतावास र नेपाली महावाणिज्यदूतावास दुबई मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

यसैबीच, यूएई सरकारले पनि नागरिकहरूलाई आवश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि सतर्कता बढाइएको जनाइएको छ।


सम्बन्धित समाचार