प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ फागुन,काठमाडौं । दुबई प्रहरी ले विमानस्थल तथा दुबई क्षेत्रका संवेदनशील स्थानहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न सर्वसाधारणलाई चेतावनी दिएको छ।

दुबई र कतार लगायत मध्यपूर्वी क्षेत्रमा बढ्दो इरानसंयुक्त राज्य अमेरिका तनावका क्रममा सुरक्षा संवेदनशीलता बढाइएका बेला प्रहरीले यस्तो आग्रह गरेको हो।

प्रहरीले सार्वजनिक गरेको भिडियो सन्देशमा विमानस्थल वा अन्य महत्वपूर्ण स्थानका दृश्यहरू खिचेर अनलाइन प्लेटफर्ममा सेयर गर्नु सुरक्षा र राष्ट्रिय हितविरुद्ध हुन सक्ने उल्लेख गरिएको छ। त्यस्ता गतिविधिले अर्को पक्षलाई फाइदा पुग्न सक्ने र सुरक्षामा जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ।

साथै, सामाजिक सञ्जालमा यस्ता भिडियो पोस्ट गरिसकेकाहरूलाई तत्काल हटाउन, अरूलाई नपठाउन र भविष्यमा यस्तो कार्य नगर्न आग्रह गरिएको छ।

प्रहरीले निर्देशन अवज्ञा गरी भिडियो खिच्ने वा प्रसारण गर्ने व्यक्ति फेला परेमा कानुनी कारबाहीसहित देशनिकाला (डिपोर्ट) सम्मको सजाय हुन सक्ने स्पष्ट पारेको छ।

सुरक्षा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै दुबई प्रहरीले सर्वसाधारणलाई जिम्मेवार व्यवहार गर्न र अफवाह फैलाउन नदिन आग्रह गरेको छ।


सम्बन्धित समाचार