प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ फागुन, रौतहट । रौतहटको राजपुर नगरपालिका वडा नं. ३ स्थित एक ग्रामीण सडकको किनारमा आज बिहान शंकास्पद वस्तु फेला परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

बेवारिसे अवस्थामा रहेको उक्त वस्तु देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको विशेष बम डिस्पोजल टोली घटनास्थलमा परिचालन गरिएको छ।

नेपाली सेनाको नारायण दल गणका अनुसार टोलीले उक्त शंकास्पद वस्तुको प्रकृति पहिचान गर्ने र आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी गरिरहेको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै घटनास्थल वरपर सर्वसाधारणको आवतजावतमा पूर्ण रोक लगाइएको छ भने सुरक्षा घेरालाई निकै कडा पारिएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थिति नियन्त्रणमा रहेको र सेनाको टोलीले काम सुरु गरिसकेकाले सर्वसाधारणलाई संयमित रहन आग्रह गर्नुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा यस्ता शंकास्पद वस्तु फेला पर्नुलाई सुरक्षा निकायले विशेष निगरानीका साथ हेरेको छ।


सम्बन्धित समाचार
भर्खरै