Logo

 २८ फागुन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आफ्नो शर्त मानिएमा रास्वपा नेतृत्वको सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा उनले लेखेका छन् कि बहुमतको सरकार बनाउन रास्वपालाई दुई सिट कम हुने भएकाले, यदि सरकार नेपाललाई धार्मिक स्वतन्त्रता समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पूर्ण सहयोग गर्नेछन्।

थापाले भनेका छन्, “रास्वपा नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुई तिहाइ बहुमतको निम्ति सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको पूर्ण सहयोग रहने छ।”

यो कदमले आगामी राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने देखिन्छ।


सम्बन्धित समाचार